×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति

सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सहमति नजुटेको हो । 

बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । 

छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।   छलफलमा प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाउनुभएकाले त्यसपछि आफूहरूको धारणा दिने बताए ।  

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याए ।

प्रतिकृया दिनुहोस्