×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण

आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । विपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि उनीहरूले ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ मागे ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आउनु खेदजनक रहेको बताए । ‘खुला खुला यसका बारेमा धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ । म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु’,  उनले भने ।

यो विषयमा छानबिन हुनुपर्ने उनको माग छ । ‘धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको भन्ने आएको छ । यो विषयमाथि भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न पर्‍यो’, उनले भने ।

यो विषयमा सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उनको माग छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डले नै कमिसन मागेको जस्तो आरोप लागेपछि सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

यस्तो कार्यमा संलग्नमाथि छानबिन भएर कारबाही हुनुपर्ने उनको माग छ ।

प्रतिकृया दिनुहोस्