×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत ९छैटौं० उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्