×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?

काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ४ वटा सम्भावित सूची तय गरेको छ । 

पहिलो कार्यसूचीमा विषयगत समितिमा हेरफेर गर्ने रहेको छ । जसअनुसार सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । 

यस्तै अर्को कार्यसूचीमा वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ । सचिवालयका अनुसार प्रधानमन्त्री केपी।शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेश गर्नेछन् । 

यस्तै व्यवस्थापन कार्य अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यस्तै उनले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

आजै राष्ट्रियसभा बैठक पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

प्रतिकृया दिनुहोस्