काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तिन हजार ७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।