काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।