×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रौतहटमा भन्सार छलीका सामानसहित एक जना पक्राउ

रौतहटमा भन्सार छलीका सामानसहित एक जना पक्राउ

काठमाडौं । रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राइएका सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बस्ने ३७ वर्षीय राकेश पासवान छन् ।

वैशाख २१ गते राति ११ बजे खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं. ४ लालबकैया नदी किनारबाट दुई लाख ३३ हजार एक सय रुपैयाँ बराबरका कपडासहित उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकल समेत बरामद गरेको प्रहरीको भनाइ छ । बरामद मोटरसाइकल र लत्ताकपडासहित पासवानलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्