×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ओली सरकार पूर्ण रूपमा असफल : प्रवक्ता सापकोटा

ओली सरकार पूर्ण रूपमा असफल : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन् । यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा रहेको उनले स्पष्ट पारे । तर ओली सरकार पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष छ ।

‘जनता विपद्को भुमरीमा छन् । सरकारको उपस्थिति शून्य छ । हरेक हिसाबले सरकार पूर्णत असफल भएको छ । सरकार परिवर्तनको विषयमा अहिले छलफल चलिसकेको छैन । सम्पूर्ण रूपमा पार्टीको ध्यान १० गते हुने खबरदारी सभामा रहेको छ । जनतामा गएर खबरदारी गर्दै जान्छौँ । सरकारका गलत कामबारे जनतालाई जानकारी दिउँ । अरू कुरा बिस्तारै हुँदै जान्छ’, रातोपाटीसँग उनले भने ।

सत्ताबाट बाहिरिएपछि जन परिचालनसहितका कार्यक्रम ल्याउने तयारी गरेको माओवादीले बिहीबार सरकारको सय दिनको कामको समीक्षा गरी आफ्नो धारणा सार्वजनिक गर्दैछ । 

प्रतिकृया दिनुहोस्