×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लुटपाटमा संलग्न २१ जना पक्राउ

लुटपाटमा संलग्न २१ जना पक्राउ

काठमाडौं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।

काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।

गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ । नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर गर्न सकिने छ ।
 

प्रतिकृया दिनुहोस्