×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव

पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन् । 

पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै विप्लवले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याहरुको समाधान भएको बताएका हुन् । 
काठमाडौँमा आज दिउँसोदेखि सुरु भएको बैठकमा विप्लवले नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरु सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिटब्युरोको अकस्मिक बैठक बोलाएको बताए ।

बैठकमा राजावादीहरुको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुबीकरणबाट आएका नेताहरुको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा र गोष्ठी गर्ने स्थान र मिति तय गरिने र संघर्षका कार्यक्रमहरुबारे निर्णय गर्ने पार्टीको भनाइ छ ।  बैठक भोलिसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्