×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेले काठमाडौंमा टुंग्यायो उपचुनावका उम्मेदवार

एमालेले काठमाडौंमा टुंग्यायो उपचुनावका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंग्याएको छ । महासचिव शंकर पोखरेलसमेत उपस्थित काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।

नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा।सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्