×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।  काठमाडौँको बबर महलस्थित कार्की व्यांकेटमा बिहान ११ बजेदेखस भेला सुरु हुने पार्टीले जनाएको छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेन्डाहरू अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयन एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए । 

 भेलामा केन्द्रीय कमिटीका सदस्यहरू,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसङ्गठन,केन्द्रीय निकाय,सङ्घीय र प्रदेशका सांसदहरू,स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुनेछन् । 

 भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्