×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

काठमाडौँ । जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी।के। सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् । 

पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनीहरूले नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरूले अपमान गरेको आरोप लगाएका छन् ।

राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरूप पार्टीको प्रमुख नेतृत्वलाई आत्मालोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजीनामा पत्रलाई तपाईँले अवहेलना गरी जेन्जी पुस्ताले बगाएको रगतको अपमान गरी उल्टै नेता कार्यकर्ताहरूलाई अंहकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानाकर्षण भएको छ ।’

आफूहरू कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने बताउँदै जनभावना तथा नयाँ पुस्ताको चाहना अनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

उनीहरुले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए । त्यसपछि अध्यक्ष राउतले उल्टै उनीहरूलाई नै राजीनामा दिन चेतावनी दिएका थिए । 

 

550363720_1306097714341605_4079588421577119178_n

प्रतिकृया दिनुहोस्