×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । 

प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । 

केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन् । अहिले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ । 
 

प्रतिकृया दिनुहोस्