×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दलित विकास विधेयक ल्याउन माग

दलित विकास विधेयक ल्याउन माग

काठमाडौं । दलित विकास विधेयक ल्याउन माग गरिएको छ । आइतबार राष्ट्रिय सभामा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो माग गरेका हुन् ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित विकास विधेयक ल्याउन माग गरिन् । ‘दलित विकास विधेयक अगाडि बढाउन सरकारलाई भनेका छौं’ प्रतिवेदनको विषयहरू सुनाउँदै उनले भनिन् ।

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो विषय समावेश गर्न आग्रह गरे ।

सरकारले कैयन विधेयक अगाडि बढाउने प्रतिवछता जनाइरहेको उल्लेख गर्दै उनले दलित विकास विधेयक ल्याउने विषय नीति तथा कार्यक्रममै समेटिनु आवश्यक रहेको बताएका हुन् ।

प्रतिकृया दिनुहोस्