काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १८०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९० रुपैयाँ बढेर प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।