×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी,दुवाडी हटाइए

रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी,दुवाडी हटाइए

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको छ ।

प्रतिकृया दिनुहोस्