काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुन प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।