×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

अखिल क्रान्तिकारीको विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ ।

कुल दुई हजार ४२८ मध्ये एक हजार ८ सय मत खसेको र त्यसको मतगणना लगभग सकिएको नेताहरू बताउँछन् । ३२ वर्षे उमेर हद राख्नुपर्ने र राख्न नहुने पक्षमा जम्मा पाँच मतको अन्तर रहेको छ ।

यही बेला मतगणनामा विवाद भएपछि मतगणना नै रोकिएको छ । यो विषयमा कुरा नमिलेपछि पार्टीको पदाधिकारी बैठक नै बसेर छलफल गर्न लागिएको हो ।
 

प्रतिकृया दिनुहोस्