काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावा सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।