×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अनेरास्ववियुले टुंग्यायो १४ क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार (सूचीसहित)

अनेरास्ववियुले टुंग्यायो १४ क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार (सूचीसहित)

काठमाडौँ । एमाले निकट अनेरास्ववियुले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीका अनुसार फागुन १९ गते बिहानसम्म देशका १४ वटा प्रमुख क्याम्पसको सभापति पदका उम्मेदवार टुंगो लागेका हुन् ।

जसमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा पुरुषोत्तम चौधरी सभापतिका उम्मेदवार टुंगो लागेको छ ।

त्यसैगरी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पवन यादव, ग्रामीण आदर्श क्याम्पस, नेपालटारको सभापतिमा बैकुण्ठ ९अशोक० खनाल,पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ, पब्लिक युथ क्याम्पस,धोबिचौरमा निराजन विक्रम शाही, कोटेश्वर बहुमुखी, कोटेश्वरमा शर्मिला भण्डारी, अनिश बोगटी महेन्द्र मोरङ, सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्ण कुमार यादब चिन्टु, महेन्द्र बहुमुखी दाडमा सागर पण्डित सभापतिका उम्मेदवार टुंगो लागेका छन् ।

पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, पंकज गुप्ता महाराजगन्ज मेडीकल क्यापस र जनप्रिय क्याम्पस पोखरा आविष्कार के।सी सभापतिका उम्मेदवार टुंगो लागेका हुन् ।

स्ववियु चुनाव अन्तर्गत आज सोमबार संघरसंगठन दर्ता हुँदै छन् ।चैतमा ५ हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा सोमबार दिउँसो तीन बजेसम्म संघरसंगठन दर्ताको कार्यक्रम तय भएको हो ।

निर्वाचन कार्यक्रमअनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित, २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध र छानबिनको कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस्