×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

रास्वपाको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

रास्वपाको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले बताए । उनका अनुसार, घटना बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलको हो ।

रास्वपाको स्टिकर टाँसिएको बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो । त्यसपछि त्यही कारमा राखेर ती बालिकालाई गौरको सिटी अस्पतालमा लगिएको थियो । त्यहाँबाट प्रादेशिक अस्पतालमा लगिएको थियो । पौने ३ बजे प्रादेशिक अस्पतालमै ती बालिकाको मृत्यु भएको हो ।

बालिकालाई अस्पताल पुर्‍याएपछि चालक भने फरार छन् । उनको खोजी भइरहेको छ । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्