×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय गर्न सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय गर्न सक्ने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन ।

मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार चिढिएको छ । 

यद्यपि उनले बैठकका एजेन्डा प्राप्त भइसकेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा समेत छलफल हुनसक्ने बताए ।

प्रतिकृया दिनुहोस्