×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी नेता श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

माओवादी नेता श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ मागेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो ।

श्रेष्ठले भदौ ६ गते आफ्नो फेसबुक पेजमा अदालतको अवहेलना हुने गरी लेखेको भन्दै मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले सर्वोच्चमा उनीविरुद्ध अवहेलनाको निवेदन दिएका थिए ।

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भन्दै सामाजिक सञ्जालमा लेखेर अनादर गरेको निवेदनमा जिकिर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्