×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त

काठमाडौँ । ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् ।

आफूलाई बर्खास्त गरेको सम्बन्धी जानकारी गृहमन्त्री रमेश लेखकले फोन गरेर गराएको बताए । उनले भने, ‘गृहमन्त्रीले फोन गरेर जानकारी गराउनुभएको थियो। अब ठिकै छ।’ 

उनले प्रधानमन्त्रीले आफूलाई टिका लगाएर पद नदिएको बताउँदै हटाएको भए पनि कुनै गुनासो नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री मलाई टिका लाएर दिएको पद होइन मेरा आफ्नै काम छ, अब आफ्नै काममा लाग्छु।’ 
 

प्रतिकृया दिनुहोस्