काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरू माइतिघरबाट हिँडेरै संसद भवन नयाँ बानेश्वर गएका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेका रास्वपाका सांसदहरू कार्यक्रमस्थलबाट हिडेर संसद भवन गएका हुन् ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा सहभागी हुन उनीहरू त्यसतर्फ लागेका हुन् ।