×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गोंगबुको एक घरमा प्रहरीको छापा, करिब ४ करोड नगद र सुन बरामद

गोंगबुको एक घरमा प्रहरीको छापा, करिब ४ करोड नगद र सुन बरामद

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको ठूलो मात्रामा रकम बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको रकम बरामद गरेको हो ।

करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेको अहिले यकिन भएको छैन ।

यो अवैध रकमबारे प्रहरीलाई सूचना आएको थियो । त्यसपछि प्रहरी आज अपरेशन चलाएको हो । सो क्रममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ । यो रकम र सुनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्