×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउन निर्देशन

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । नागढुंगा सुरुङमार्गको अनुगमन गर्दै गजुरेलले उक्त निर्देशन दिएका हुन् ।

समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताए । उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टि जनिाए ।

परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए पनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ । उनले आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए ।

उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताए ।

उनले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि असन्तुष्टि जनाए ।

प्रतिकृया दिनुहोस्