×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

४ महिनापछि कार्यकक्षमा राजदूत रेग्मी

४ महिनापछि कार्यकक्षमा राजदूत रेग्मी

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आफ्नो कार्यकक्षमा पुगेका छन् । रेग्मी नियुक्ति भएको ४ महिनापछि शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । शुक्रबार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर उनले कार्यभार सम्हालेको दूतावासले जनाएको छ ।

गत कात्तिक २५ गते राजदूत नियुक्त भएका रेग्मीले राष्ट्रपतिसमक्ष गत मंसिर १६ गते शपथ लिएका थिए । पूर्वमुख्यसचिव रेग्मी यसअघि बेलायतका लागि राजदूत पनि भएका थिए ।

अमेरिकाका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतका लागि राजदूत सिफारिस भएका थिए । रेग्मी नेपाल सरकारका मुख्यसचिवको रुपमा दुई वर्ष बढी कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्