×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले काठमाडौं महानगरपालिका -२२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक हुन् ।

प्रतिकृया दिनुहोस्