×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं । भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्