×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ भवन उपयोगी हुने विश्वास व्यक्त गरे ।

सो कलेजले हालसम्म एमबीबीएसमा दुुई हजार दुुई सय ६२, बीडीएसमा तीन सय ३५, एमडीरएमएस र एमडीएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तर्गत डीएम एमसीएचमा आठ, बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस्