×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

यसै वर्ष आईफोन १७ सिरिजको उत्पादन ९ करोड युनिट नाघ्ने, प्रो मोडेलको माग उच्च‍

यसै वर्ष आईफोन १७ सिरिजको उत्पादन ९ करोड युनिट नाघ्ने, प्रो मोडेलको माग उच्च‍

काठमाडौँ । एप्पलले आईफोन १७ सिरिजको उत्पादन बढाउने भएको छ । कम्पनीले सन् २०२५ का लागि आठ करोड ‍६० लाख युनिटसम्मको प्रारम्भिक उत्पादन अर्डरलाई बढाएर एप्पलले ९ करोड युनिटभन्दा बढी पुर्‍याउने तयारी गरेको हो ।

उत्पादन वृद्धि मुख्यतया आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स मोडेलमा केन्द्रित हुने बताइएको छ । लगानी बैंक मोर्गन स्ट्यान्लीका विश्लेषकहरूका अनुसार आईफोन एयरको माग भने अनुमान गरेभन्दा कम देखिएको छ । 

विश्लेषकहरू आईफोन १७ मोडलहरूको माग खासगरी अति पुराना आईफोन प्रयोगकर्ताहरूबाट आइरहेको विश्वास गर्छन् । उनीहरूले अर्को वर्ष यो श्रेणीका प्रयोगकर्ताहरू अझै बढ्ने अपेक्षा गरेका छन् । यो प्रवृत्ति आगामी आईफोन १८ मोडल र सन् २०२६ को अन्त्यतिर बजारमा आउने अपेक्षा गरिएको फोल्डेबल आईफोनका लागि पनि सकारात्मक हुनेछ ।

कम्पनीले अब अर्को वर्ष एप्पलले २४ करोड ३० लाख आईफोन बिक्री गर्ने अनुमान गरेको छ । यद्यपि, आईफोन फोल्ड र एप्पल इन्टेलिजेन्स सुविधाहरूले बलियो माग सिर्जना गर्न सकेको खण्डमा यो संख्या २७ करोड युनिटसम्म पुग्न सक्ने सम्भावना पनि मोर्गन स्ट्यान्लीले व्यक्त गरेको छ ।
 

प्रतिकृया दिनुहोस्