×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै

समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै

काठमाडौँ । समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि शुक्रवार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको थियो । 

बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 

उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारीमा मोर्चा रहेको बताए । 

उनले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको विश्वकर्माले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्