×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बाढी पस्दा गौर बजारको जनजीवन प्रभावित

बाढी पस्दा गौर बजारको जनजीवन प्रभावित

काठमाडौं । बागमती, लालबकैया र झाझ खोलामा आएको बाढी पस्दा रौतहट सदरमुकाम गौर बजारको जनजीवन प्रभावित भएको छ। बाढीले सदरमुकामका अधिकांश सडक डुबानमा परेको छ। घरहरूमा समेत पानी पसेको छ।

विशेषगरी बीपीचोकको सडक छेउका केही घर बाहेकका सम्पूर्ण क्षेत्र डुबानमा परेको छ। गौर आँखा अस्पताल, सिसवा, सिर्सिया, सपगढा लगायत वडामा राति १२ बजेदेखि नै बाढी पसेको छ।

बाढीका कारण कति मानिस प्रभावित भएका छन् भन्ने यकिन विवरण प्राप्त भएको छैन। उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने प्रयास भइरहेको छ।

यसैबीच, गौरको ३३/११ केभी सब स्टेसनको केबल ड्रोनमा पानी भरिएको कारण नेपाल विद्युत् प्राधिकरणले बिजुली आपूर्ति बन्द गरेको छ।

प्रतिकृया दिनुहोस्