काठमाडौं । व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ । सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।
‘एनसेल र स्मार्ट टेलिकमको विषयमा केही बुझ्नु पर्ने भएकाले बोलाएका हौं,’ चतुर्वेदीले भने ।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।