×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : शेरबहादुर देउवा

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताए ।

आजको दिन संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्