काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २७०० रुपैयाँ बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ८० रुपैयाँ बढेर प्रतितोला तिन हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ ।