×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

जेठ महिनाका लागि बैंकहरुको ब्याजदर सूची सार्वजनिक, तीनले बढाए

जेठ महिनाका लागि बैंकहरुको ब्याजदर सूची सार्वजनिक, तीनले बढाए

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।

तीन बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् ।

समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।

अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।

केही बैंकलाई पूँजी कोषको दवाव छ भने केही बैंकलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दवाव छ । केही बैंकमा कर्जाको माग बढेको छ भने केहीमा माग नै छैन । यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा पनि ऋणीलाई राहत हुन्छ ।

कर्जाको माग न्यून रहनु र पूँजीगत खर्चको ‘सिजन’ रहेकाले ब्याजदर तत्काल बढिहाल्ने अवस्था नरहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताए ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर

बैंक ब्याजदर %, जेठ  ब्याजदर %, वैशाख
नेपाल ५.४५ ५.१५
एसबीआई ५.५ ५.५
हिमालयन ५.५ ५.५
इन्भेस्टमेन्ट मेगा ५.५ ६.५
कृषि विकास ५.५१ ५.५१
सिटिजन्स ५.६५ ५.६५
लक्ष्मी सनराइज ५.७५ ५.७५
नबिल ५.७५ ५.७५
सिद्धार्थ ५.७५
कुमारी ५.९१ ५.९२
ग्लोबल आईएमई
माछापुच्छ्रे
राष्ट्रिय वाणिज्य
प्रभु ६.१ ६.१
प्राइम कमर्सियल ६.२५ ६.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२५
सानिमा ६.३३ ५.९५
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
एभरेस्ट ६.६४ ६.६१

स्रोत : पत्रपत्रिकामा सार्वजनिक सूची

प्रतिकृया दिनुहोस्