काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको एक दर्जन रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
बिहीबार दुवै पक्षको बहस र जवाफी बहस समेत सुनेपछि सर्वोच्च अदालतले दुई साताभित्र९१६ जेठभित्र० बहस नोट पेश गर्नपनि दुवै पक्षलाई आदेश दिएको छ ।