×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा

खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी वा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

प्रतिकृया दिनुहोस्