×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

दिल्लीका परिवहन मन्त्रीले दिए राजीनामा, पार्टी पनि परित्याग

दिल्लीका परिवहन मन्त्रीले दिए राजीनामा, पार्टी पनि परित्याग

काठमाडौं। भारत नयाँदिल्ली सरकारका परिवहन मन्त्री कैलाश गहलोतले मन्त्री पद र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका छन् । आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै उनले पत्र लेखेका छन् र सोही पत्रमा उनले राजीनामाबारे उल्लेख गरेका छन् ।

उनले मन्त्री र आम आदमी पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उनले पत्रमा लेखेका छन्, ‘दिल्लीका मन्त्री र विधायकको रुपमा जनताको सेवा दिएकोमा तपाईंलाई धन्यवाद । तर म तपाईंसँग यो कुरा जानकारी गराउँछु कि म आम आदमी पार्टीले आज ठूलो चुनौतिको सामना गर्नु परिरहेको छ ।’

उनले थप लेखेका छन्, ‘जनताप्रति हाम्रो प्रतिबद्धताको साटो राजनीति हाबी भएको छ । यमुना नदी सफा गर्ने लगायतका कयौं बाचा अधुरा छन् । हाल यमुना नदी पहिलेको तुलनामा प्रदूषित भएको छ ।’

उनले आफ्नो राजनीतिक करियर दिल्लीका जनताको सेवा गर्ने प्रतिबद्धताका साथ सुरु गरेको भन्दै त्यसलाई जारी राख्ने बताएका छन् । तर, धेरै समय केन्द्र सरकारमा बिताउँदा आम आदमीले दिल्लीको सही विकास गर्न नसक्ने भन्दै उनले मन्त्री र आम आदमी पार्टीको सदस्यता त्याग्नु उचित हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्