काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ सय १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।