×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संविधान रक्षाका लागि माओवादीको अभियानमा हिंडें : नेसपाका अध्यक्ष यादव

संविधान रक्षाका लागि माओवादीको अभियानमा हिंडें : नेसपाका अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् ।

सुनसरीबाट माओवादीको तराई-मधेश केन्द्रित ‘जनतासँग माओवादी’ अभियानमा जोडिएका यादवले माओवादी कमजोर भए संविधानको रक्षा हुन नसक्ने बताउँदै यो अभियानमा लागेको बताएका हुन् ।

उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि वर्तमान सरकारबाट खतरामा रहेको बताउँदै त्यसलाई बचाउन लागेको बताए ।

माओवादी र मधेश आन्दोलनका कारण मधेशको आफ्नै भाषा, संस्कृति, समृद्धि र राजनीति रहेको उनको भनाइ छ । यसका साथै समानुपातिक, समावेशितालाई बचाउन पनि अभियान लागेको उनले बताए ।

वर्तमान सरकारका कारण थारु, मधेशी, जनजाति र मुस्लिमले पाएको अधिकार गुम्ने खतरा भएकोले यो अभियानमा जोडिन अपिल पनि गरे ।

प्रतिकृया दिनुहोस्