×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपा र बालेन्द्र शाहबिचको पछिल्लो सहकार्य ‘स्टन्ट’ मात्र हो : अग्निप्रसाद सापकोटा

रास्वपा र बालेन्द्र शाहबिचको पछिल्लो सहकार्य ‘स्टन्ट’ मात्र हो : अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबिचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका  हुन् । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए ।

नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी गरे । नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गरे । उनले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पारे।

नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उनको विश्लेषण छ । सिन्धुपाल्चोक जिल्लालाई नेकपाको पुरानो र मजबुत किल्ला बताउँदै सापकोटाले वि.सं. २०६४ देखि नै आफूहरू संस्थापन पक्षको रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गरे ।
 

प्रतिकृया दिनुहोस्