काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।