×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा जिराभवानी गाउँपालिका-२ का ३० वर्षीय बिहारी रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि एलएस न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्