×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

काठमाडौं। पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठकपश्चात आज बिहान १० बजेदेखि मतगणना सुरू गरिएको हो ।

पालिकाका जम्मा १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरू भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिए ।

गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचन र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा पुन उम्मेदवार छन् ।

वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्