×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तीन बुँदे सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित

तीन बुँदे सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित

काठमाडौं । हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ ।

सोमबार सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ ।

सहमति अनुसार, पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ । सो प्रक्रियाबाट वर्गीय तहबाटै नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने बताइएको छ ।

दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको “देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ ।

तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र)मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन् ।

सहमतिपछि जारी संयुक्त अपिलमा देशभक्त, मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित, जातीय तथा क्षेत्रीय समुदाय र पहिचानसहितका जनसमुदायबीच समाजवादी ध्रुवीकरण बढाउँदै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा जुट्न आह्वान गरिएको छ ।

 

574095396_25836687012586220_2578339120779473894_n

प्रतिकृया दिनुहोस्