काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न ध्यान दिनुपर्ने जोड दिएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै उनले पार्टीलाई व्यापक रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । ती समस्यालाई समाधान गरी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन ध्यान दिनुपर्छ । पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नु आजको आवश्यकता छ । त्यस लगायत अहिले जेनजीको मुद्दालाई पनि ध्यान दिएर पार्टीका सबै सङ्गठनलाई युवालाई समेट्नुपर्छ’, उनले भने ।